माछापुच्छ्रे बैंकका ग्राहकले द मेट्रोपोलिटन होटल (होटल मर्क्योर)मा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि समझदारी भएसँगै माछापुच्छ्रे बैंकका ग्राहकले होटल मक्र्योरमा छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले मर्क्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा छुट पाउने छन् ।
बैंकले हाल १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टरबाट सेवा दिँदै आएको छ ।













