नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गरेको हो।
कम्पनीले १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गरेको हो। कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले पुस ९ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













