माई खोला हाइड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि सहमति पाएको छ। आयोगले चैत्र ११ गते कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने सहमति प्रदान गरेको हो ।
आयोगले कम्पनीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको लागि सहमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ।
अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।













