Wednesday, June 10, 2026
spot_img

नेपाल आयल निगमले १० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

spot_img
spot_img

नेपाल आयल निगमले साधारणसभा आह्वान गरेको छ।कम्पनीले चैत्र २९ गते साधारणसभा आह्वान गरेको हो ।

निगमको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । निगमले १० प्रतिशत नगद लाभांश वितरण अग्रने प्रस्ताव गरेको छ।

यस्ता छन् निगमको सभामा पेश हुने प्रस्तावहरु:

१) अध्यक्षको मन्तव्य र ४३औं वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० / ८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल र पारित गर्ने ।

३) आर्थिक वर्ष २०८० / ८१ को लेखा परीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने ।

४) आर्थिक वर्ष २०८१ / ८२ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरूलाई चुक्ता पुँजीको १० (दस) प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

६) ४३औँ वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक-एक जना प्रतिनिधि तोक्ने ।

७) विविध ।

विशेष प्रस्ताव
नेपाल आयल निगम लिमिटेडको प्रवन्ध पत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img