Friday, May 8, 2026
spot_img
spot_img

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img
spot_img

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले चैत्र १९ गते साधारणसभा बोलाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरुः
१) आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) कम्पनीको आ.व. २०८०/८१ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.१,६४,४२,४१,९३९/९४ (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे) को १५ प्रतिशतका दरले हुने बोनस शेयर रु.२४,६६,३६,२९० ९० (अक्षरुपी चौबीस करोड छैसाठी लाख छतिस हजार दुई सय नब्बे र पैसा नब्बे मात्र) बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुने रु.१,२९,८०,८५७१४२ (अक्षरुपी एक करोड उनान्तीस लाख असी हजार आठ सय सन्ताउन्न र पैसा बयालिस मात्र) नगद लाभांश हजार आठ से वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४) कम्पनीको आ.व. २०८१/८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।

विशेष प्रस्ताव

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु.१,६४,४२,४१,९३९/९४ (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे) को १५ प्रतिशतका दरले हुने बोनस शेयर रु.२४,६६,३६,२९० १९० (अक्षरुपी चौबीस करोड छैसाठी लाख छतिस हजार दुई सय नब्बे र पैसा नब्बे मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२) मिति २०८१/०२/०४ गते बसेको कम्पनीको विशेष साधारण सभाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,६४,४२,४१,९३९/९४ (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे) को ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गरे पश्चात (बोनस शेयर जारी गरे पश्चात हुने चुक्ता पूँजी अनुसार हकप्रद शेयर प्रतिशत पुनरावलोकन हुन सक्ने) तथा आ. व. २०८०/८१ को वोनस शेयर रु. २४,६६,३६,२९० ९० जारी गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु.२,५४,८५,७५,००७ (अक्षरुपी दुई अर्व चौवन्न करोड पचासी लाख पचहत्तर हजार सात) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३) संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने।

४) संशोधित प्रबन्ध-पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img