Thursday, April 30, 2026
spot_img
spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, १,८४,५०० जनाले पाए शेयर

spot_img
spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज चैत्र ५ गते मंगलबार बिहान ८:३० बजे शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा १९ लाख ६५ हजार ८ सय ११ जनाले आवेदन दिएका थिए । जस मध्ये १९ लाख ५५ हजार ६ सय ८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ।

जसमा १ लाख ८४ हजार ५ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।

क्रेस्टले फागुन २२ देखि फागुन २६ गतेसम्म आम सर्वसाधारणको लागि  १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।

कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, ३ लाख ४७ हजार ४ सय ९० जनाले पाए शेयर

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

यी हुन् सरकारले सिफारिस गरेका ६ अध्यादेश, दबाबमा रहेका राष्ट्रपति आज छलफल गर्दै

सरकारले राष्ट्रपति समक्ष ६ वटा अध्यादेश जारी गर्नको लागि...

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि...

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...
spot_img