चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३६ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ माघसम्मको अवधिमा कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब १ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड तथा एभरेष्ट बैंकले २ अर्ब ५७ करोड खुद नाफा कमाएको छ।
यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ४६ करोड ४७ लाख रहेको छ। त्यस्तै कुमारी बैंकले ७३ करोड ४६ लाख खुद नाफा कमाउँदा कृषि विकास बैंकले ७९ करोड ९९ लाख खुद नाफा कमाएका छन् ।
हेर्नुस् चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ७ महिनामा वाणिज्य बैंकको खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।













