Thursday, June 18, 2026
spot_img

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ पर्यो ? यसरी हेर्नुस् नतिजा

spot_img
spot_img

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलले आज फागुन २३ गते शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

आईपीओको नतिजा सार्वजनिक भईसकेको छ। नतिजा हेर्नको लागि https://iporesult.cdsc.com.np/ वेबसाइटमा गएर कम्पनीको नाममा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड चयन गरेर आफ्नो डिम्याट नम्बर हालेर क्यप्चा इन्टर गरेर आईपीओ परे वा नपरेको हेर्न सकिन्छ ।

कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १ सय ४८ जनाले आवेदन दिएका थिए। जस मध्ये कुल १८ लाख ६ हजार ७ सय ६२ जनाको आवेदन मात्र सदर भएको छ। माग भन्दा बढीको आवेदन परेकोले सदर आवेदकलाई समावेश गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जसमा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गरेको हो।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलाई सहयोग

सिटिजन्स बैंकले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ मा अवस्थित...

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...
spot_img