Friday, March 13, 2026

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

spot_img
spot_img

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको किर्तिपुर अस्पतालले जनाएको छ।

शनिवार पोखरामा गण्डकी भ्रमण वर्षको उद्घाटनको क्रममा हाइड्रोजान भरिएको बेलुन बिस्फोट हुँदा मन्त्री पौडेल सहित पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भई अस्पताल भर्ना भएका थिए ।  दुवै जनाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र दुबै जनाको जलनको घाउ निको हुँदै गएको तथा फोक्सोमा कुनै खराब असर परेको नदेखिएकोले मन्त्री पौडेललाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार  मेयर धनराज आचार्यको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने छ। साथै, मेयरलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको अस्पतालले उल्लेख गरेको छ।

उनीहरुको उपचारमा  प्रा. डा. वि.डी. झा, डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली,  डा. प्रयुष अर्याल लगायतका आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली संलगन थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वस्तिक एग्रो इण्डष्ट्रिजको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई...

धनुषा १ मा नयाँ ट्वीस्ट, बढ्न सक्छ रास्वपाको १ सिट

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

शुक्रबारदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री गरिने, मूल्य कति ?

अब आयल निगमले आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने...

नाडामा नेतृत्व हस्तान्तरण, नवनिर्वाचित अध्यक्ष उप्रेतीले लिए सपथ

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको...

ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ सेवा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि...
spot_img