Tuesday, June 23, 2026
spot_img

२२८ प्रतिशतले बढ्यो एनआरएन इन्फ्रास्ट्रकचरको खुद नाफा

spot_img
spot_img

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २२८.५ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ मात्र थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी २०९.९ प्रतिशतले बढेर ८ करोड १ लाख पुगेको छ। कम्पनीको आम्दानीको स्रोतमा लाभांश आम्दानी, लगानी बिक्रीको आम्दानी, लगानीको फेयर भ्यालु, ब्याज आम्दानी, अन्य आम्दानी लगायत रहेका छन् । कम्पनीको आम्दानी बढ्दा खुद नाफा पनि बढेको हो ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी २.६७ रुपैयाँबाट बढेर ८.३७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १४९.५६ रुपैयाँबाट बढेर १७२.१० रुपैयाँ पुगेको छ।

१ अर्ब २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८२ करोड रुपैयाँ रहेको छ। त्यस्तै कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रहेको छ।

कम्पनीले आफ्नो लक्ष्य अनुरुप लगानी छनौट गर्दै आइरहेको छ र उपयुक्त लगानी छनौट गरेर प्रतिफल सुनिश्चित गर्दै विविध क्षेत्रहरुमा लगानी गर्दै जाने क्रममा कम्पनी अघि बढिरहेको उल्लेख गरेको छ।  साथै आगामी दिनमा लगानी थप व्यवस्थित गर्दै लगिने जनाएको छ। कम्पनीले हाल विभिन्न हाइड्रोपावर, बैंक, वित्तीय संस्था, बीमा, विशिष्टिकृत लगानी कोष लगायतमा लगानी गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img