नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधि कम्पनीको खुद नाफा ३२.९७ प्रतिशतले घटेको छ।
यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको १.४० प्रतिशतले घटेर १७ अर्ब ४९ करोड रुपैयाँमा सिमित भएको छ। कम्पनीको वित्तीय आम्दानी पनि ३६.३० प्रतिशतले घटेर २ अर्ब ३० करोड मै सिमित भएको छ। कम्पनीको कुल आम्दानी ८.४० प्रतिशतले घटेर १९ अर्ब ५१ करोडमा सिमित भएको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी पनि घटेको छ। कम्पनीको प्रति शेयर आम्दानी ४३.६८ रुपैयाँबाट घटेर २९.२८ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ ५०६.३४ रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुंजी १८ अर्ब रहेको छ भने रिजर्भमा ७३ अर्ब १४ करोड रहेको छ।












