Friday, May 8, 2026
spot_img
spot_img

पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि सगरमाथा लुम्बिनीबाट ट्रेकिङ बीमा सुविधा

spot_img
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघ बीच नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने समझदारी भएको छ । बीमा कम्पनी र संघबीच पदयात्रा एजेन्सीहरुमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यनतम रु १५ लाख बरावरको को दुर्घटना बीमा, रु. ४ लाख बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याइएको हो ।

साविकमा पदयात्रा एजेन्सीहरुले महंगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कम्पनीका नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गरेका छन् ।

यो सिजनका लागि ट्रेकिङ बीमा योजना १ मार्च २०२५ देखि लागु हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img