Wednesday, June 24, 2026
spot_img

९१.८४ प्रतिशतले बढ्यो बुद्धभूमि नेपाल हाइड्रोको खुद नाफा

spot_img
spot_img

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तिय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ९१.८४ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३२ लाख ६२ हजार मात्र थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने घटेको छ। कम्पनीको विद्युत बिक्री वापतको आम्दानी ९ करोड ५४ लाखबाट घटेर ९ करोड ११ लाखमा सिमित भएको छ। विद्युत बिक्रीको आम्दानी घटे पनि कम्पनीको ब्याज खर्च घट्दा खुद नाफा बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामामा कम्पनीको ब्याज खर्च ५ करोड ५१ लाखबाट ४ करोड २८ लाखमा सिमित भएको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी पनि १.६३ रुपैयाँबाट बढेर ३.१३ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ भने ८४ रुपैयाँ ४८ पैसा कायम भएको छ। कम्पनीको चुक्ता पुँजी ४० करोड रहेको छ । कम्पनीले तिर्न बाँकि दिर्घकालिन ऋण ९३ करोड रहेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img