Monday, May 4, 2026
spot_img
spot_img

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

spot_img
spot_img

नेपाली बजारको लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो ।

यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।

सागर ग्रुपका अनुसार सोही एक्स्पोमा ६ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टरहरू पनि लन्च हुनेछन् । जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय बनि सकेका छन् ।

स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।

यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । यी सबै मोडलका प्रिन्टर लन्चसँगै नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ ।

नेपाली उपभोक्तालाई आर्थिक रूपमा थप लाभान्वित गराउने उद्देश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनीसँगको सहकार्यमा विशेष छुट साथै लन्चको घोषणा गरेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् । व्यावसायिक उपभोक्ता तथा इन्टरप्राइजेजहरुको पहिलो रोजाइमा पर्न सफल ब्रदरका यी प्रिन्टर अपडेटसहित नेपाली बजारमा आएका हुन् ।

‘यो सिरिजअन्तर्गतका ब्रदर प्रिन्टर नेपाली उपभोक्ताले अत्यधिक रुचाएका र आर्थिक रूपमा सर्वाधिक किफायती मानिएका प्रिन्टर हुन्, यसले प्रिन्ट सेवामा नयाँ अनुभव प्रदान गर्छ,’ उनले भनिन् । यस्तै, एक्स्पोको आयोजना अवधिभर ब्रदर टोनर बक्स सिरिजसँगै न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर खरिद गर्दा पाउँन सक्नेछन् ।

सागर ग्रुपले करिव दुई दशक यता नेपाली बजारमा निरन्तर आयात तथा बिक्री वितरण गर्दै आएको ब्रदर प्रिन्टर बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । प्रतिस्पर्धी मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले यसको माग बजारमा उच्च रहेको बताइएको छ ।

प्रिन्टरमा कुनै पनि किसिमका समस्या आएमा कम्पनीले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी सहजताका साथ कार्यान्वयन गर्ने र यथेष्ट स्पेयर्स पार्ट्स स्टकमै राख्ने भएकाले पनि ब्रदरका प्रिन्टरको डाउन टाइम अत्यन्तै कम रहेको उपभोक्ताहरू स्वयं बताउँछन् । ब्रदरले ग्राहक सेवामा देखाएको प्रतिबद्धताका कारण पनि ब्रदर प्रिन्टर प्रति आम उपभोक्ताको क्रेज चुलिँदै गएको हो ।

यति मात्र नभई ब्रदरका उत्पादन अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था सागर ग्रुपले मिलाएको हुँदा प्रिन्टर खरिद गर्न चाहनेहरूका लागि थप सहज भएको छ । ग्राहकले बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । ब्रदर आफ्ना उपभोक्तालाई सन्तुष्ट राख्न हमेसा प्रतिबद्ध रहेको उपाध्यक्ष मानन्धरले बताएकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img