एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको गत पुस १२ गते सम्पन्न साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।













