Wednesday, June 24, 2026
spot_img

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा, ईपीएस १६.६० रुपैयाँ

spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा ५७.१८  प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ८० करोड १९ लाख थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७  प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ।

खुद ब्याज आम्दानी घटे पनि बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्च घटे पछि बैंकको खुद नाफा घटेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम २ अर्ब ८६ करोडबाट घटेर १ अर्ब ७७ करोड कायम भएको छ। त्यस्तै बैंकको नेट फि एण्ड एण्ड कमिशन शिर्षकको आम्दानी ३२.८० प्रतिशतले बढेर १ अर्ब नाघेको छ।  यहि कारण बैंकको संचालन मुनाफा ३३.६९  प्रतिशतले बढेर ४ अर्ब ४  करोड पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ऋणात्मक रहेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ६० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १.२० प्रतिशतबाट बढेर १.६७ प्रतिशत पुगेको छ।

३४  अर्ब १२  करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २९ अर्ब २ करोड रहेको छ। बैंकको निक्षेप ४ खर्ब ४० अर्ब रहेको छ भने कर्जा प्रवाह ३ खर्ब २८ अर्ब रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img