Wednesday, June 24, 2026
spot_img

आरएसडिसी बन्यो वित्तीय विवरण निकाल्ने पहिलो कम्पनी, ३६ प्रतिशतले घट्यो नाफा

spot_img
spot_img

आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकशित गरेको छ। वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा घटेको छ।

यस अवधिमा कम्पनीले ४ करोड ४१ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लाखमा सिमित भएको छ । कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ५२५ प्रतिशतले बढेर २ करोड ६० लाख पुगेको छ। त्यस्तै कम्पनीको नेट फि तथा कमिशन आम्दानी पनि घटेको छ। यी कारणले कम्पनीको खुद नाफामा गिरावट आएको देखिन्छ ।

कम्पनीको चुक्ता पुंजी ९४ करोड ४३ लाख रहेको छ भने रिजर्भमा ३० करोड ४९ लाख रहेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ३ करोड ६७ लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img