नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले पुस ९ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













