नेपाल उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघ गोलबजार सिरहालाई सदस्यता प्रदान गरेको छ । महासंघको असार २४ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उद्योग वाणिज्य संघ गोलबजार सिरहालाई महासंघको साधारण सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
महासंघका महानिर्देशक गोकर्ण अवस्थीका अनुसार उद्योग वाणिज्य संघ गोलबजार सिरहालाई महासंघको साधारण सदस्यता (नगर स्तरीय) प्रदान गर्ने निर्णय भएको छ ।
वाणिज्य संघ गोलबजार सिरहाले महासंघको साधारण सदस्यता प्राप्त गरिपाउँ भन्दै महासंघमा निवेदन दिएको थियो । अब एउटा साधारणसभामा भाग लिएपछि वाणिज्य संघ गोलबजार सिरहाले महासंघको निर्वाचनमा मतदान गर्ने अधिकार पाउनेछ ।