राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

spot_img
spot_img

राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

यस ऋणपत्रमा छिटोमा कार्तिक ७ गतेसम्म र ढिलोमा कार्तिक १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

वार्षिक ६ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...