Thursday, July 30, 2026
spot_img

सुनसरीबाट सुरु भएको तनावप्रति निजी क्षेत्र चिन्तित, सामाजिक सद्भाव कायम राख्न आग्रह

spot_img

सुनसरी जिल्लाबाट फैलिएको पछिल्लो तनावका कारण निजी क्षेत्र चिन्तित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरी लगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलावद्ध घटना तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति चिन्ता प्रकट गरेको हो ।

नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको स्मरण गराउँदै महासंघले तराई क्षेत्र जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको जनाएको छ ।

सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित नगर्ने भन्दै महासंघले यस्ता घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउनेतर्फ सबैलाई सचेत गराएको छ । महासंघले सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त भएको पनि जनाएको छ ।

महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले एक विज्ञप्ति जारी गर्दै मतभेद वा असमझदारीलाई शान्तिपूर्ण वार्ता, सम्वाद र आपसी समझदारीबाट मात्र समाधान गर्न सकिने भन्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेका छन् ।

साथै, कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन र परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारालाई अझ मजबुत बनाउन पनि महासंघले अपिल गरेको छ । यस्तै, वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग महासंघले अनुरोध पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ई-कमर्स प्लेटफर्म चाइनाबजार सुरु, देशभर अफलाइन रिटेल एक्सपेरियन्स स्टोर खोल्ने

नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ।...

कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत...

भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न...

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो ISO 9001:2015 प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट...

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११...
spot_img