spot_img

आज नै इरानले इजरायलमाथि आक्रमण गर्ने आँकलन, विमानहरुको लागि नोटाम जारी

spot_img

इरानले आफ्ना देशको भूभाग नजिक आउने विमानहरुको लागि नोटाम जारी गर्दै जहाजको रुट परिवर्तन गर्न भनेको छ। जेरुसेलम पोस्टका अनुसार इरानले इरानको मध्य, पश्चिम र उत्तर पश्चिम भूभागमा विमान नउडाउन नोटाम जारी गरेको हो । नोटाम भनेको ‘नोटिस टु एयर म्यान’ हो । नोटाम जारी गरेको भूभागमा कसैले पनि विमान उडाउन पाइदैन ।

इरानले आज सोमबार साँझसम्ममा इजरायलमा आक्रमण गर्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जी सेभन बैठकमा इरान र हजिबुल्लाहले सोमबार नै इजरायलमाथि आक्रमण गर्न सक्ने ब्रिफिङ गरेका छन् ।

इजरायलले पनि यस पटकको आक्रमण यस अघिका भन्दा कडा हुने प्रक्षेपण गर्दै आफुहरु अलर्ट भएर बसेको जनाएको छ।

गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हजिबुल्लाह र इजरायलबीच तनाव चुलिएको। हजिबुल्लाह लेबननको सबैभन्दा शक्तिशाली सशस्त्र समूहको नियन्त्रणमा छ। इजरायलले गरेको आक्रमणमा लेबननको शक्तिशाली सशस्त्र समूह हजिबुल्लाह र प्यालेस्टिनी समूह हमासका वरिष्ठ नेताहरू मारिएपछि उक्त क्षेत्रमा तनाव बढेको छ। हजिबुल्लाहलाई इरानको समर्थन रहेको छ ।  हजिबुल्लाह, इरान र लेबनानले संयुक्त रुपमा इजरायल माथि आक्रमण गर्ने तयारी गरेका हुन् ।

पछिल्लो समय रुसले इरानलाई हतियार दिएको चर्चा छ ।  आज नै रुसका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख इरान पुगेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...