Friday, November 14, 2025
spot_img

प्रदर्शन चर्किएपछि भारत भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना, सेनाद्वारा सत्ता कब्जा

spot_img

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छिन् । राजीनामा दिएर उनी देश छाडेर भारत भागेको बीबीसी बंगालीले उल्लेख गरेको छ । उनी भारतको त्रिपुरा राज्यको आगरताला पुगेको र त्यहाँबाट लण्डन जान सक्ने बताईएको छ ।

बंगलादेशमा केही समय यता सरकारी सेवामा कोटा प्रणालीको खारेजीको माग गर्दै विद्यार्थीहरुको आन्दोलन चर्किएको थियो । प्रदर्शनमा परि गत एक महिनामा ३०० जनाको मृत्यु भएको छ। जस मध्ये ९० जनाको हिजो मात्र मृत्यु भएको हो । ९० जनाको मृत्यु भएपछि आज प्रदर्शन झन् चर्किएको थियो । आज प्रदर्शनकारीहरु प्रधानमन्त्री निवास भित्रै प्रवेश गरेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर हेलिकप्टरमा भारततर्फ गएको बीबीसीले जनाएको छ। उनी सन् २००९ देखि प्रधानमन्त्री थिइन्।

लगत्तै बंगलादेशी सेना प्रमुख वाकर उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै अब सेनाले सत्ता सम्हाल्ने घोषणा गरेका छन् । उनले आज साँझसम्म नै सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै हिंसात्मक गतिविधि नगर्न र सेनालाई सहयोग गर्न आग्रह गरेका छन् । उनले सबै मृत्युको छानबिन गर्ने भन्दै सेनालाई विश्वास गर्न पनि आग्रह गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img