Friday, June 12, 2026
spot_img

नेपाल लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताल नियुक्त

spot_img
spot_img

सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले  नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्डको (Accounting Standard Board-ASB) को अध्यक्ष पदमा धिताललाई नियुक्त गरेको हो ।

लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्नका लागि सरकारले धिताललाई सो जिम्मेवारी सुम्पेको हो । उनी सिन्धुपाल्चोक जिल्ला, चौतरा नगरपालिका निवासी हुन् ।  उनको विज्ञता र क्षमताको आधारमा नेपाल लेखामान बोर्डको लागि योग्य देखिएकोले नै उनलाई नियुक्ति गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान (NFRS / IFRS) कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ । नेपालमा लेखामानको कार्यान्वयन, बैंक वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेली सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उनले उल्लेखिय भुमिका खेलेका छन्।

धितालले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित ‘बिग ४ मध्येको एक वित्तीय परामर्शदाता कम्पनी अन्स्ट एण्ड यंग (Ernst & Young), मुम्बईबाट सुरु गरेका थिए । उनले नेपालका प्रतिष्ठित संस्थाहरू जस्तैः नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवा नेतृत्व गरिसकेका चहन । एसियाली विकास बैंकका विभिन्न परियोजनाहरुमा उनले विभिन्न भुमिका एवं जिम्मेवारीमा समेत कार्य गरिसकेका छन्।

उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको रुपमा रही सफलतापूर्वक आफ्ना जिम्मेवारी पुरा गरिसकेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समिति लगायत विभिन्न समितिमा रहेर कार्य गरी सकेका  धिताल हाल परीक्षा समिति सदस्य हुनुहुन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा विभिन्न तहका अध्ययन सामाग्री तयारीमा अमुल्य योगदान भएका धितालले विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा योगदान पुयाउँदै आएका छन् । यसअघि पनि उनले लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्ड (Auditing Standards Board) मा सल्लाहकारका रूपमा प्राविधिक योगदान दिइसकेका छन् ।

धितालले नेपाल तथा भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी (FCA) गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए (MBA) अमेरिकाको ISACA बाट सिसा (CISA) र बेलायतको ACCA बाट डिपआईएफआर (DipIFR) जस्ता उच्च व्यावसायिक र प्राविधिक योग्यताहरू रहेका छन् ।

नेपालमा वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय परिमार्जन र उत्कृष्ट अभ्यास ( International Best Practices) सँग जोड्न र नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) लाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन नवनियुक्त अध्यक्ष धितालको प्राविधिक विशेषज्ञता र नेतृत्वले बोर्डलाई नयाँ उचाइमा पुऱ्याउने विश्वास लिइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार १...
spot_img