Tuesday, August 18, 2026
spot_img

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा, शेयर बजार पनि बन्द

spot_img

साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा  हुने भएको छ । साउन २० गते आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले  काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएसंगै शेयरबजार पनि बन्द रहने भएको छ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहिबार जावलाखेल पुर्‍याइएको हो ।

शुभ साइतअनुसार लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले विहिबार रथलाई जावलाखोल पुर्‍याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिए । उनका अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img