अर्थ मन्त्रालयका दुई सहित एकसाथ २१ सचिवको सरुवा, को कहाँ पुगे ?

spot_img

सरकारले एकै साथ २१ जना सचिवहरुको सरुवा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले २१ जना (राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृत) सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस क्रममा  अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको पनि सरुवा भएको छ। उनलाई उपराष्ट्रपति कार्यालयमा पठाईएको छ । अर्थ मन्त्रालयमा रहेका राजस्व सचिव डा. रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरे राजस्व सचिवको रुपमा आउने भएका छन् ।

जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा सचिवको रुपमा सरुवा भएको छ ।

त्यस्तै नारायण प्रसाद दुवाडी राष्ट्रपतिको कार्यालयमा , रामाधार शाह नेपाल ट्रष्टको कार्यालयमा ,  प्रमिला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा तथा सुरेश आचार्य जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन् ।

अन्य सचिव को कहाँ?

घनश्याम उपाध्याय- श्रम मन्त्रालयबाट अख्तियारमा

रामेश्वर दंगाल- अख्तियारबाट रक्षा मन्त्रालयमा

मुकुन्दप्रसाद निरौला- संघीय मामिला तथा सामान्य प्रशासनबाट श्रममा

डिल्लीराम शर्मा- राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा

राजकुमार श्रेष्ठ- लोक सेवा आयोगबाट प्रधानमन्त्री कार्यालयमा

रामकृष्ण सुवेदी- सञ्चार मन्त्रालयबाट  सार्वजनिक खरिद अनुगमन कार्यालयमा

राधिका अर्याल- उपराष्ट्रपति कार्यालयबाट सञ्चार मन्त्रालयमा

भरतमणि सुवेदी- सार्वजनिक खरिद अनुगमन कार्यालयबाट संघीय मामिलामा

गोकर्णमणि दवाडी- भूमि व्यवस्थाबाट राष्ट्रिय तथ्यांक कार्यालयमा

अर्जुनप्रसाद पोखरेल-राष्ट्रिय तथ्यांक कार्यालयबाट भूमि व्यवस्थामा

किरणराज शर्मा- रक्षाबाट प्राकृतिक स्रोत तथा वित्त आयोगमा

मधुसुदन बुर्लाकोटी- प्राकृतिक स्रोत तथा वित्त आयोगबाट वाणिज्य मन्त्रालयमा

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...