Sunday, July 12, 2026
spot_img

अर्थ मन्त्रालयका दुई सहित एकसाथ २१ सचिवको सरुवा, को कहाँ पुगे ?

spot_img

सरकारले एकै साथ २१ जना सचिवहरुको सरुवा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले २१ जना (राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृत) सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस क्रममा  अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको पनि सरुवा भएको छ। उनलाई उपराष्ट्रपति कार्यालयमा पठाईएको छ । अर्थ मन्त्रालयमा रहेका राजस्व सचिव डा. रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरे राजस्व सचिवको रुपमा आउने भएका छन् ।

जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा सचिवको रुपमा सरुवा भएको छ ।

त्यस्तै नारायण प्रसाद दुवाडी राष्ट्रपतिको कार्यालयमा , रामाधार शाह नेपाल ट्रष्टको कार्यालयमा ,  प्रमिला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा तथा सुरेश आचार्य जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन् ।

अन्य सचिव को कहाँ?

घनश्याम उपाध्याय- श्रम मन्त्रालयबाट अख्तियारमा

रामेश्वर दंगाल- अख्तियारबाट रक्षा मन्त्रालयमा

मुकुन्दप्रसाद निरौला- संघीय मामिला तथा सामान्य प्रशासनबाट श्रममा

डिल्लीराम शर्मा- राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा

राजकुमार श्रेष्ठ- लोक सेवा आयोगबाट प्रधानमन्त्री कार्यालयमा

रामकृष्ण सुवेदी- सञ्चार मन्त्रालयबाट  सार्वजनिक खरिद अनुगमन कार्यालयमा

राधिका अर्याल- उपराष्ट्रपति कार्यालयबाट सञ्चार मन्त्रालयमा

भरतमणि सुवेदी- सार्वजनिक खरिद अनुगमन कार्यालयबाट संघीय मामिलामा

गोकर्णमणि दवाडी- भूमि व्यवस्थाबाट राष्ट्रिय तथ्यांक कार्यालयमा

अर्जुनप्रसाद पोखरेल-राष्ट्रिय तथ्यांक कार्यालयबाट भूमि व्यवस्थामा

किरणराज शर्मा- रक्षाबाट प्राकृतिक स्रोत तथा वित्त आयोगमा

मधुसुदन बुर्लाकोटी- प्राकृतिक स्रोत तथा वित्त आयोगबाट वाणिज्य मन्त्रालयमा

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img