Thursday, March 12, 2026

शुक्रबारदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री गरिने, मूल्य कति ?

spot_img
spot_img

अब आयल निगमले आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने भएको छ।  बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि आयल निगमको आज बिहिबार बसेको संचालक समितिको बैठकले शुक्रबारदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्रि गर्ने निर्णय गरेको हो।

अहिले १४ दशमलव २ किलो ग्यास भएको सिलिण्डर बिक्री हुदै आएको छ। अब भने त्यहि सिलिन्डरमा आधा मात्र अर्थात् ७.१ किलो ग्यास भरेर बिक्री गरिने छ। अहिले पुरै सिलिण्डर ग्यासको मूल्य १९ सय १० रुपैयाँ पर्छ । अब आधा सिलिण्डर ग्यासको मूल्य त्यसको ठिक आधा अर्थात् ९ सय ५५ रुपैयाँ पर्ने छ । आधा सिलिण्डर ग्यास बिक्री गर्दा मूल्य पनि आधा हुने छ भने १४.२ किलो ग्यासले दुई जना उपभोक्तालाई पुग्ने छ।

इरान अमेरिका युद्दका कारण ग्यासको अभाव भएपछि निगमले आधा सिलिण्डर मात्र ग्यास बेच्ने निर्णय गरेको हो। यस अघि नाकाबन्दीको बेलामा पनि यसरी नै आधा सिलिण्डर ग्यास बिक्री गरिएको थियो।

निगमले ग्यासको खपत कम गर्दै खाना पकाउनको लागि बिजुलीको प्रयोग बढाउन पनि आग्रह गरेको छ।

यस अघि : बजारमा ग्यास अभाव, खाना पकाउँदा बिजुलीको प्रयोग बढाउन निगमको आग्रह

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वस्तिक एग्रो इण्डष्ट्रिजको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई...

धनुषा १ मा नयाँ ट्वीस्ट, बढ्न सक्छ रास्वपाको १ सिट

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

नाडामा नेतृत्व हस्तान्तरण, नवनिर्वाचित अध्यक्ष उप्रेतीले लिए सपथ

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको...

ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ सेवा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि...

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...
spot_img