काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण केही समयको लागि बन्द गरिएको छ । विमानस्थल नजिकै बुधबार बिहान सौर्य एयरलायन्सको जहाज दुर्घटनामा परेपछि केही समयको लागि विमानस्थल बन्द गरिएको हो ।
काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलायन्सको जहाज करिब ११ बजे दुर्घटनामा परेर आगो लागेको हो । लगत्तै विमानस्थल बन्द गरिएको हो ।
विमानस्थल बन्द भएपछि विराटनगरबाट काठमाडौँ आएको श्री एयरलायन्सको SHA732 कल साइनको जहाज विराटनगर नै फर्किएको छ । त्यस्तै बंगलादेशको ढाकाबाट काठमाडौँ आएको BBC371 कल साइन विमान बंगलादेशको जहाज अहिले निजगढको आकाश माथि घुमिरहेको छ।