Wednesday, July 9, 2025

चालु आर्थिक वर्षमा १७ सचिवले अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/८२ मा कायममुकायम मुख्यसचिवसहित १७ जना सचिव (विशिष्ट श्रेणी)ले अनिवार्य अवकाश पाउँदै छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार उनीहरु  उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

चालु आर्थिक वर्षमा सबैभन्दा पहिले कायममुकायम मुख्यसचिव लीलादेवी गडतौलाले अवकाश पाउने छिन् । उनले २०८१ भदौ १५ गतेबाट अवकाश पाउने छिन् । त्यस्तै भदौ मै सचिवद्वय तोय नारायण ज्ञवाली र कृष्ण कान्त उपाध्ययले अवकाश पाउने छन् ।

चालु आवमा सबैभन्दा अन्तिममा हालकी परराष्ट्र सचिव सेवा लम्सालले अवकाश पाउने छिन् । उनको अवकाशको मिति २०८२ असार ५ रहेको छ ।

२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा सबै तहका कुल २ हजार ११९ जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।

हेर्नुस् चालु आर्थिक वर्षमा अवकाश पाउने १७ सचिव: 

लीलादेवी गड्तौला – २०८१ भदौ १५

तोय नारायण ज्ञवाली – २०८१ भदौ २२

कृष्ण कान्त उपाध्याय- २०८१ भदौ २५

राम कृष्ण सुवेदी- २०८१ कार्तिक ५

मनिलाल गेलाल – २०८१ मङ्सिर १३

तोय नाथ अधिकारी- २०८१ मङ्सिर २८

दिनेश भट्टराई: २०८१ माघ २०

रोशन पोखरेल: २०८१ फागुन १२

टेक नारायण पाण्डे: २०८१ फागुन १२

मधु कुमार मरासिनी: २०८१ फागुन १६

एक नारायण अर्याल : २०८१ फागुन १८

अर्जुन प्रसाद पोखरेल : २०८२ वैशाख २ गते

गणेश प्रसाद पाण्डे: २०८२ वैशाख ३०

उदयराज सापकोटा : २०८२ जेठ २८

सुदर्शन खड्का : २०८२ जेठ ३०

शिव राज चौलागाई : २०८२ असार ४

सेवा लम्साल : २०८२ असार ५

 

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img