Tuesday, August 18, 2026
spot_img

गृह मन्त्रालयले भन्यो ‘सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र चाहिदैन’

spot_img

गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता पाउनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयले मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको बताएको हो।

गृह मन्त्रालयले साउन ४ गते नै सबै जिल्ला प्रशासन कार्यालयलाई यसबारे पत्राचार गरिसकेको छ। पत्रमा  सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०३/२७ को निर्णय कार्यान्वयन गर्न भनिएको छ ।

 यस्तो थियो मन्त्रिपरिषद्को निर्णय : 

“नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०८१ / ०२ / २४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र विपद्‌को अवस्था सिर्जना गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य नगर्न हुन गृह मन्त्रालयलाई निर्देशन दिने । ”

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img