Tuesday, September 8, 2026
spot_img

‘सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?’

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनसम्म हेर्दा पहिलो तारो निजी क्षेत्र नै बनेको भन्दै दुःख व्यक्त गरेका छन् । कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्ने गरेको भन्दै दुःख व्यक्त गरेका हुन् ।

‘चाहे त्यो २०६२÷६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो बनेको छ । यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको छ’ उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इञ्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेको बताए । उनले यदि राज्यले यो सन्देश प्रवाह गर्न सकेमा मात्रै आगामी दिनमा निजी क्षेत्रले यस्तो अवस्था भोग्नु नपर्ने बताए ।

कहिले भूकम्प, कहिले कोभिड महामारी तथा कहिले अन्य कारणले संकटमा परिरहेको मुलुकको अर्थतन्त्र र समग्र निजी क्षेत्र नै अहिले आगजनीबाट ध्वस्त हुन पुगेको प्रसंग उल्लेख गर्दै उनेले खरानीबाटै उठ्नुपर्ने बाहेकको अर्को विकल्प नरहेकोले अब सबैले मनोबल उकासेर अघि बढ्नुपर्ने धारणा राखे ।

मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र यसैक्रममा निजी क्षेत्रको संरक्षणका लागि सरकारसमक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’लाई प्रधानमन्त्रीले मन्त्रिपरिषदबाटै पास गर्ने आश्वासन दिएको जानकारी गराए ।

मुलुकको अर्थतन्त्रमा कम्तीमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्र यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता मेलामहोत्सवबाट पनि आर्थिक गतिविधिहरु च्लायमान बनाउन सहयोग पुग्ने बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...