Sunday, April 27, 2025
spot_img

पाँचौ पटक अर्थमन्त्री बने विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज उपप्रधान तथा अर्थ मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । नव नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई आफ्नो क्याबिनेटमा उपप्रधान तथा अर्थ मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

यस सँगै विष्णु पौडेल पाँचौ पटक अर्थमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गर्दै छन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा २०७२ कार्तिकमा पहिलो पटक अर्थ मन्त्री बनेका थिए । त्यस्तै २०७७ असोजमा उनी फेरि अर्थ मन्त्री बने । ओली नै प्रधानमन्त्री हुँदा २०७८ जेठमा उनी तेस्रो पटक अर्थमन्त्री बने । २०७९ पुसमा उपप्रधान तथा अर्थ मन्त्री बनेका पौडेल अहिले २०८१ असार ३१ मा पुन:  उपप्रधान तथा अर्थ मन्त्री बनेका छन् ।

समग्रमा उनी आठौ पटक मन्त्री बनेका हुन् । पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका बेला २०५३ चैत्रमा विष्णु पहिलो पटक मन्त्री बनेका थिए ।  त्यस समय उनले युवा, खेलकुद तथा संस्कृति मन्त्रालय सम्हालेका थिए ।  २०६५ भदौमा उनी दोस्रो पटक मन्त्री बने र जलस्रोत मन्त्रालय सम्हाले । २०६७ साल झलनाथ खनालको नेतृत्वको सरकारमा पौडेल रक्षामन्त्री बने।  त्यसपछि भने उनी हरेक पटक अर्थ मन्त्री मात्रै कायम रहे ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img