Saturday, September 5, 2026
spot_img

पाँचौ पटक अर्थमन्त्री बने विष्णु पौडेल

spot_img

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज उपप्रधान तथा अर्थ मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । नव नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई आफ्नो क्याबिनेटमा उपप्रधान तथा अर्थ मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

यस सँगै विष्णु पौडेल पाँचौ पटक अर्थमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गर्दै छन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा २०७२ कार्तिकमा पहिलो पटक अर्थ मन्त्री बनेका थिए । त्यस्तै २०७७ असोजमा उनी फेरि अर्थ मन्त्री बने । ओली नै प्रधानमन्त्री हुँदा २०७८ जेठमा उनी तेस्रो पटक अर्थमन्त्री बने । २०७९ पुसमा उपप्रधान तथा अर्थ मन्त्री बनेका पौडेल अहिले २०८१ असार ३१ मा पुन:  उपप्रधान तथा अर्थ मन्त्री बनेका छन् ।

समग्रमा उनी आठौ पटक मन्त्री बनेका हुन् । पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका बेला २०५३ चैत्रमा विष्णु पहिलो पटक मन्त्री बनेका थिए ।  त्यस समय उनले युवा, खेलकुद तथा संस्कृति मन्त्रालय सम्हालेका थिए ।  २०६५ भदौमा उनी दोस्रो पटक मन्त्री बने र जलस्रोत मन्त्रालय सम्हाले । २०६७ साल झलनाथ खनालको नेतृत्वको सरकारमा पौडेल रक्षामन्त्री बने।  त्यसपछि भने उनी हरेक पटक अर्थ मन्त्री मात्रै कायम रहे ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...