Thursday, July 16, 2026
spot_img

१० उद्योगले पाए भारतबाट चिनी ल्याउने अनुमति

spot_img

भारतबाट औद्योगिक कच्चापदार्थका रूपमा चिनी आयात गर्न विभिन्न १० उद्योगले अनुमति पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले दिएको कोटा अनुसार चिनी ल्याउन १० उद्योगले अनुमति पाएको बताएको छ ।

मन्त्रालयले भारतबाट प्राप्त कोटा बमोजिम औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी चिनी आयात गर्न इच्छुक उद्योगसँग आवेदन मागेको थियो । आवेदन दिएकामध्ये एग्रो थाइ फुड (ललितपुर), गुडलाइफ वेभरेज (सुनसरी), एसियन बिस्कुट एन्ड कन्फेक्सनरीसुनसरी), क्वालिटी फुड नेपाल प्रा.लि.(सुनसरी), क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रा.लि. (सुनसरी), क्वालिटी कन्फेक्सरी प्रा.लि. (सुनसरी) र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रा.लि. (सुनसरी) ले चिनी आयात गर्ने अनुमति पाएका हुन् ।

शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रा.लि. (विराटनगर), केआरएस भेन्चर्स (झापा) र सुजल फुड्स (कास्की, पोखरा) ले पनि चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ ।

चिनी आयातको अनुमति पाएका उद्योगहरुलाई चाँडोभन्दा भन्दा सम्पर्कमा आउन उद्योग विभागले अनुरोध गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

आज असार ३२ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...
spot_img