१० उद्योगले पाए भारतबाट चिनी ल्याउने अनुमति

spot_img

भारतबाट औद्योगिक कच्चापदार्थका रूपमा चिनी आयात गर्न विभिन्न १० उद्योगले अनुमति पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले दिएको कोटा अनुसार चिनी ल्याउन १० उद्योगले अनुमति पाएको बताएको छ ।

मन्त्रालयले भारतबाट प्राप्त कोटा बमोजिम औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी चिनी आयात गर्न इच्छुक उद्योगसँग आवेदन मागेको थियो । आवेदन दिएकामध्ये एग्रो थाइ फुड (ललितपुर), गुडलाइफ वेभरेज (सुनसरी), एसियन बिस्कुट एन्ड कन्फेक्सनरीसुनसरी), क्वालिटी फुड नेपाल प्रा.लि.(सुनसरी), क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रा.लि. (सुनसरी), क्वालिटी कन्फेक्सरी प्रा.लि. (सुनसरी) र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रा.लि. (सुनसरी) ले चिनी आयात गर्ने अनुमति पाएका हुन् ।

शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रा.लि. (विराटनगर), केआरएस भेन्चर्स (झापा) र सुजल फुड्स (कास्की, पोखरा) ले पनि चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ ।

चिनी आयातको अनुमति पाएका उद्योगहरुलाई चाँडोभन्दा भन्दा सम्पर्कमा आउन उद्योग विभागले अनुरोध गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...