Tuesday, August 18, 2026
spot_img

‘ओली क्याबिनेट’मा मन्त्री बन्न दौडधूप, परराष्ट्र र सञ्चार ‘फिक्स’ हुँदा अर्थमन्त्री को बन्ला ?

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज साँझ प्रधामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट दाबी पेश गर्न तोकिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र सपथको प्रक्रिया अघि बढ्नेछ । सोमबार बिहान ११ बजे सपथ ग्रहण गराउने तयारी राष्ट्रपतिको कार्यालयले गरेको छ ।

प्रधानमन्त्रीसँगै मन्त्रीहरुको पनि सपथ गराउने गरि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक तयारीलाई तीव्रता दिएका छन् । अहिले दुइ दल मन्त्री छान्नका लागि आन्तरिक छलफलमा छन् । कांग्रेसले १० र एमालेले ९ मन्त्रालयले लिने सहमति भएको बताइएको छ ।

हालसम्म कांग्रेस र एमालेबाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने वा नहुने भन्ने यकिन भइसकेको छैन ।

साथै, कांग्रेस र एमालेले मन्त्रालयको संख्याको भागबण्डा टुङ्गो लगाएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने अझै तय भइसकेको छैन । तर, अर्थमन्त्रालय एमालेले र परराष्ट्र मन्त्रालयले कांग्रेसले लिने करिब निश्चित भइसकेको बताइएको छ ।

बताइए अनुसार कांग्रेसका तर्फबाट डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्ने निश्चित जस्तै छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई गृहमन्त्री बनाउन लागिएको बुझिएको छ । कांग्रेसको तर्फबाट रक्षा मन्त्रालयसहित प्रकाशमान सिहंले सरकारमा जाने मन्त्रीहरुको नेतृत्व गर्ने सम्भावना छ । तर, उनले रक्षा नभई भौतिक पूर्वाधार मन्त्रालय खोजेको बताइन्छ । यदि, सिंहले रक्षा मन्त्रालय लिँदै कांग्रेसको तर्फबाट नेतृत्व गरेर नगए विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने देखिएको स्रोतले बताएको छ ।

एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने सम्भावना बलियो रहेको बताइन्छ । पौडेल अर्थमन्त्री बन्छन् भन्ने अपेक्षासहित शेयर लगानीकर्तामा उत्साह बढेकाले आफू नेतृत्वको सरकारबाट लगानीकर्तामा यो उत्साह कायम राख्न पनि ओलीले पौडेललाई अर्थमन्त्री बनाउने सम्भावना रहेको बताइएको छ ।

एमालेले लिने पक्का भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदम गिरीको नाम पक्कापक्की जस्तै भएको बताइएकोछ ।

एमालेबाट मन्त्री बन्नेहरुको सूचीमा जुली कुमारी महतो र विद्या भट्टाराई लगायतको नाम चर्चामा छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल वा शरदसिंह भण्डारी मन्त्री बन्दैछन् भने जनता समाजवादी पार्टीबाट प्रदीप यादव, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी र जनमत पार्टीबाट अब्दुल खान मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img