Wednesday, June 18, 2025
spot_img

‘ओली क्याबिनेट’मा मन्त्री बन्न दौडधूप, परराष्ट्र र सञ्चार ‘फिक्स’ हुँदा अर्थमन्त्री को बन्ला ?

spot_img
spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज साँझ प्रधामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट दाबी पेश गर्न तोकिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र सपथको प्रक्रिया अघि बढ्नेछ । सोमबार बिहान ११ बजे सपथ ग्रहण गराउने तयारी राष्ट्रपतिको कार्यालयले गरेको छ ।

प्रधानमन्त्रीसँगै मन्त्रीहरुको पनि सपथ गराउने गरि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक तयारीलाई तीव्रता दिएका छन् । अहिले दुइ दल मन्त्री छान्नका लागि आन्तरिक छलफलमा छन् । कांग्रेसले १० र एमालेले ९ मन्त्रालयले लिने सहमति भएको बताइएको छ ।

हालसम्म कांग्रेस र एमालेबाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने वा नहुने भन्ने यकिन भइसकेको छैन ।

साथै, कांग्रेस र एमालेले मन्त्रालयको संख्याको भागबण्डा टुङ्गो लगाएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने अझै तय भइसकेको छैन । तर, अर्थमन्त्रालय एमालेले र परराष्ट्र मन्त्रालयले कांग्रेसले लिने करिब निश्चित भइसकेको बताइएको छ ।

बताइए अनुसार कांग्रेसका तर्फबाट डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्ने निश्चित जस्तै छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई गृहमन्त्री बनाउन लागिएको बुझिएको छ । कांग्रेसको तर्फबाट रक्षा मन्त्रालयसहित प्रकाशमान सिहंले सरकारमा जाने मन्त्रीहरुको नेतृत्व गर्ने सम्भावना छ । तर, उनले रक्षा नभई भौतिक पूर्वाधार मन्त्रालय खोजेको बताइन्छ । यदि, सिंहले रक्षा मन्त्रालय लिँदै कांग्रेसको तर्फबाट नेतृत्व गरेर नगए विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने देखिएको स्रोतले बताएको छ ।

एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने सम्भावना बलियो रहेको बताइन्छ । पौडेल अर्थमन्त्री बन्छन् भन्ने अपेक्षासहित शेयर लगानीकर्तामा उत्साह बढेकाले आफू नेतृत्वको सरकारबाट लगानीकर्तामा यो उत्साह कायम राख्न पनि ओलीले पौडेललाई अर्थमन्त्री बनाउने सम्भावना रहेको बताइएको छ ।

एमालेले लिने पक्का भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदम गिरीको नाम पक्कापक्की जस्तै भएको बताइएकोछ ।

एमालेबाट मन्त्री बन्नेहरुको सूचीमा जुली कुमारी महतो र विद्या भट्टाराई लगायतको नाम चर्चामा छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल वा शरदसिंह भण्डारी मन्त्री बन्दैछन् भने जनता समाजवादी पार्टीबाट प्रदीप यादव, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी र जनमत पार्टीबाट अब्दुल खान मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img