Thursday, June 25, 2026
spot_img

विश्वको तुलनामा एशिया दोब्बर गतिमा तातिरहेको खुलासा, नेपाल पनि उच्च जोखिममा

spot_img
spot_img

विश्व मौसम संगठन (WMO) ले विश्वको तुलनामा एशिया दोब्बर गतिमा तातिरहेको खुलासा गरेको छ। प्रतिवेदन अनुसार विश्वको औसतको तुलनामा एसिया करिब दोब्बर गतिमा तात्दैछ, जसले क्षेत्रीय अर्थतन्त्र, पर्यावरण र समाजमा गम्भीर जोखिम निम्त्याइरहेको छ।

WMO को “एसियाको जलवायु अवस्था २०२४” प्रतिवेदनले यो तथ्य उजागर गरेको हो, जसलाई संगठनकी महासचिव सेलेस्टे साउलोले प्रस्तुत गरेकी हुन्। प्रतिवेदनअनुसार, सन् २०२४ मा एसियाको औसत तापक्रम सन् १९९१–२०२० को आधाररेखाभन्दा १.०४ डिग्री सेल्सियस माथि पुगेको छ, जुन विश्वको औसत तापक्रम वृद्धिको तुलनामा करिब दोब्बर हो।

सन् १९९१–२०२४ को अवधिमा एसियाको तापमान वृद्धिको प्रवृत्ति सन् १९६१–१९९० को तुलनामा झन्डै दोब्बर छ। समुद्री सतहको तापक्रम पनि रेकर्ड स्तरमा पुगेको छ, जहाँ एसियाको समुद्री तापमान वृद्धिको दशकिय दर (०.२४ डिग्री सेल्सियस प्रति दशक) विश्वको औसत (०.१३ डिग्री सेल्सियस प्रति दशक) भन्दा करिब दोब्बर छ।

यसको कारण एसियामा निम्न खालको प्रभाव देखिन थालिसकेको छ।

चरम मौसमी घटनाहरू: तीव्र गर्मी, बाढी, खडेरी र आँधीले एसियाभर ठूलो जनधनको क्षति पुर्‍याएको छ। सन् २०२४ मा २९ वटा उष्णकटिबंधीय आँधीहरूले फिलिपिन्स, भियतनाम, म्यानमार, थाइल्याण्ड र चीनमा अरबौं डलरको क्षति पुर्‍यायो।

हिमनदी पग्लने र पानीको संकट: उच्च हिमाली क्षेत्रका २४ मध्ये २३ हिमनदीहरूले सन् २०२४ मा हिउँको मात्रा गुमाए, जसले दीर्घकालीन पानीको अभाव निम्त्याउन सक्छ। यी नदीहरूले विश्वको एक चौथाइ जनसंख्यालाई पानी उपलब्ध गराउँछन्।

समुद्री सतह वृद्धि: भारतीय र प्रशान्त महासागरमा समुद्री सतहको वृद्धि विश्वको औसतभन्दा तीव्र छ, जसले तटीय क्षेत्रहरूमा बाढी, कटान र कृषियोग्य जमिनको नमकिनीकरणको जोखिम बढाएको छ। सन् २०२४ मा १.५ करोड वर्ग किलोमिटर समुद्री क्षेत्रमा समुद्री गर्मीको लहरले असर पारेको थियो।

कृषि र खाद्य सुरक्षा: वर्षा र तापमानमा आएको परिवर्तनले कृषि चक्र र उत्पादकत्वमा असर पारेको छ, जसले खाद्य सुरक्षालाई जोखिममा पारेको छ।

नेपालमा प्रभाव

विनाशकारी बाढी: सन् २०२४ को सेप्टेम्बरमा नेपालमा रेकर्ड वर्षाले बाढी र पहिरो निम्त्यायो, जसले कम्तीमा २४६ जनाको ज्यान लियो र १२८५ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍यायो। ८८,००० हेक्टरभन्दा बढी खेतीयोग्य जमिन नष्ट भएको छ।

हिमनदी पग्लने: हिमालय क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ र दीर्घकालमा पानीको उपलब्धतामा संकट ल्याउन सक्छ।

आर्थिक क्षति: जलवायु परिवर्तनले नेपालको कृषि र पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ। हिमनदी पग्लने र चरम मौसमी घटनाहरूले स्थानीय अर्थतन्त्रलाई कमजोर बनाएको छ।

WMO की महासचिव सेलेस्टे साउलोले चेतावनी दिंदै भनेकी छन्, “चरम मौसमी घटनाहरूले पहिल्यै अस्वीकार्य रूपमा उच्च क्षति पुर्‍याइरहेका छन्।” नेपाल र एसियाका अन्य मुलुकहरूले जलवायु अनुकूलन, प्रारम्भिक चेतावनी प्रणाली र दिगो विकासमा तत्काल लगानी गर्नुपर्ने आवश्यकता रहेको बताईएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img