Sunday, June 14, 2026
spot_img

कलंकको रुपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छः प्रधानमन्त्री ओली

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गरे । उनले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश भएको उल्लेख गर्दै वाधिन र स्वाभिमानी देश भएको बताए । उनले नेपालको भुगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए  । नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिहेको भन्दै कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने , ‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ । तीन वटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश हो । सधैँ स्वाधिन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्दछ । यसको भुगोल समृद्ध हुनसक्दछ । हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरु छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो । हामी तेलको उत्खनन गर्दैछौँ । हामी फलामहरुको उत्खनन गर्दैछौँ । हामी अनेक हिसावले आत्मनिर्भर हुनसक्छौँ । त्यसकारण यो देश समृद्ध हुनसक्छ । हामीसँग मेहनती, बहादुर, प्रसिद्ध युवा जनशक्ति छ । ४२ प्रतिशत युवा जनशक्ति अहिले पनि छ । नेपालले विकास गर्ने सम्भावना रहेको छ । अहिले २२ लाख करिव युवाहरु विदेश गएर दुनियाँलाई विकास दिइरहेका छन् । आफ्नो देश विकास गर्न नसक्ने भन्ने होइन । अहिले पनि १ करोड युवाहरु देशभित्रै छन् । एआईको जमानामा एउटा कलंकको रुमपा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ । यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ । नेपाली जनतालाई सुखी बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img