Monday, July 13, 2026
spot_img

नेपाल इन्टरनेट फाउन्डेसनमार्फत बागलुङका २ विद्यालयमा हाईटेक स्मार्ट कक्षा स्थापना

spot_img

नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका २ वटा ग्रामीण विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवा जडान गरेको छ । बागलुङको जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा फाउन्डेसनले डिजिटल साक्षरता विकास गर्न र विद्यार्थीहरूलाई थप शैक्षिक अवसरहरू सिर्जना गर्न उक्त पूर्वाधारहरू जडान गरेको हो ।

उक्त कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष श्रेष्ठ, एमट्रिक्स टेक्नोलोजीका सहसंस्थापक चिराग थापा, फाउन्डेसनका कार्यक्रम संयोजक विकास खत्री, एक अभियानकी संयोजक तजैना श्रेष्ठ, जनप्रिय स्कुलका अध्यक्ष नरबहादुर थापा र प्रधानध्यापक गणेश बहादुर भण्डारी, भीमादरबार स्कुका अध्यक्ष राजेन्द्र थापा र प्रधानध्यापक रुद्र पौडेल, काठेखोला गाउँपालिकाका शिक्षा समिति अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष खड्क थापा, वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, सामाजिक अभियान्ता गंगा थापा र प्रमुख अतिथि होम बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष श्रेष्ठले प्रविधिमार्फत शैक्षिक समानताका लागि संस्थाको प्रतिबद्धतामा र शिक्षा घरबाट सुरु हुन्छ भन्नेमा जोड दिएका थिए। यस्तै कार्यक्रममा वडा अध्यक्ष भीद्यापति शर्माले ग्रामीण शिक्षामा यो पहलले ठूलो परिवर्तन ल्याउने उल्लेख गरेका थिए । समाजसेवी गंगा थापाले संसार अहिले ग्लोबल गाउंमा रूपान्तरण भएको छ र ग्रामीण समुदायमा डिजिटल साक्षरताको दीर्घकालीन फाइदाहरूबारे प्रकाश पारेकी थिए ।

नेपाल इन्टरनेट फाउन्डेसनले केही समय अगाडि गरेको एक अध्ययनमा ग्रामीण विद्यालयहरूमा आईसीटी पूर्वाधारको ठूलो आवश्यकता रहेको पाइएको थियो । त्यसपछि संस्थाले ग्रामीण विद्यालयमा आइसिटी पूर्वाधार जडान गर्ने परियोजना अगाडि बढाएको हो । यसलाई परियोजनालाई एपिनिक फाउन्डेसनको पनि सहयोग रहेको छ ।

दुवै विद्यालयमा सोलार प्रणाली पनि जडान गरिएको छ, जसले विद्युत नहुँदा पनि निरन्तर सेवा प्रदान गर्नेछ । विद्यालयमा स्थापना गरिएका कम्युनिटी इन्टरनेट एक्सेस सेन्टरहरूले स्थानीय समुदायलाई पनि नि: शुल्क वाइफाइ र डिजिटल पहुँच प्रदान गर्ने छन् । यसले सीप विकास र समावेशी शिक्षा प्रवर्द्धन गर्न सहयोग गर्ने आशा गरिएको छ ।

यो पहलले बागलुङको शैक्षिक विकास र डिजिटल सशक्तीकरणका लागि आधारशिला तयार गर्दै गुणस्तरीय डिजिटल शिक्षा प्रदान गर्न सक्षम हुने बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img