Tuesday, August 18, 2026
spot_img

असल कर्जाको प्रोभिजनबारे बढी नै अपेक्षा थियो: बैंकर्स संघ अध्यक्ष केसी

spot_img

सुनिल केसी

मौद्रिक नीतिमा असल कर्जाको प्रोभिजनबारे हाम्रो केही बढी अपेक्षा थियो, त्यो भएन । यद्यपी हामी खुसी नै छौँ । कर्जा नियमित भएको ६ महिनासम्म पनि निष्क्रिय वर्गमा राख्नुपर्ने व्यवस्था फेरिएर वाचलिस्टमा राख्न पाउने गरिएको छ । यसले बैंक र ऋणीलाई पनि सपोर्ट गर्ने नै देखिन्छ ।

एसेट्स म्यानेजमेन्ट कम्पनी (ब्याड बैंक) स्थापनाको प्रक्रिया अघि बढाउने घोषणा राष्ट्र बैंकले गरेको छ, यो निकै सह्रानीय छ ।

नीतिगत दर घटाउने व्यवस्थाले कर्जाको ब्याजदर सामान्य घटाउनेछ तर, स्थायी तरलता सुविधाको दर नघटाएकाले राष्ट्र बैंक सन्तुलनमै बस्न खोजेको देखिन्छ ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा गर्नु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बनाउनु, रिगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनु, असल कर्जाको प्रोभिजन १.१ प्रतिशत गरे पुग्नु जस्ता प्रावधानले बैंकहरुलाई साथ मिल्ने छ ।

निर्माण व्यवसायलाई दिइएको सुविधाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । निर्माण क्षेत्रले बैंकिङलाई पनि अप्ठेरोमा पारेको भन्दै मौद्रिक नीतिको व्यवस्थाले खुसी बनाएको छ ।

सुनिल केसी नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

spot_img
सुनिल केसी
सुनिल केसीhttps://businesspana.com
अध्यक्ष, नेपाल बैंकर्स संघ
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img