Wednesday, June 18, 2025
spot_img

असल कर्जाको प्रोभिजनबारे बढी नै अपेक्षा थियो: बैंकर्स संघ अध्यक्ष केसी

spot_img
spot_img

सुनिल केसी

मौद्रिक नीतिमा असल कर्जाको प्रोभिजनबारे हाम्रो केही बढी अपेक्षा थियो, त्यो भएन । यद्यपी हामी खुसी नै छौँ । कर्जा नियमित भएको ६ महिनासम्म पनि निष्क्रिय वर्गमा राख्नुपर्ने व्यवस्था फेरिएर वाचलिस्टमा राख्न पाउने गरिएको छ । यसले बैंक र ऋणीलाई पनि सपोर्ट गर्ने नै देखिन्छ ।

एसेट्स म्यानेजमेन्ट कम्पनी (ब्याड बैंक) स्थापनाको प्रक्रिया अघि बढाउने घोषणा राष्ट्र बैंकले गरेको छ, यो निकै सह्रानीय छ ।

नीतिगत दर घटाउने व्यवस्थाले कर्जाको ब्याजदर सामान्य घटाउनेछ तर, स्थायी तरलता सुविधाको दर नघटाएकाले राष्ट्र बैंक सन्तुलनमै बस्न खोजेको देखिन्छ ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा गर्नु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बनाउनु, रिगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनु, असल कर्जाको प्रोभिजन १.१ प्रतिशत गरे पुग्नु जस्ता प्रावधानले बैंकहरुलाई साथ मिल्ने छ ।

निर्माण व्यवसायलाई दिइएको सुविधाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । निर्माण क्षेत्रले बैंकिङलाई पनि अप्ठेरोमा पारेको भन्दै मौद्रिक नीतिको व्यवस्थाले खुसी बनाएको छ ।

सुनिल केसी नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

spot_img
सुनिल केसी
सुनिल केसीhttps://businesspana.com
अध्यक्ष, नेपाल बैंकर्स संघ
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img