Wednesday, July 29, 2026
spot_img

मौद्रिक नीति सकारात्मक तर, घरेलु तथा साना उद्योगीलाई समेटिएनः संस्थापक अध्यक्ष कटुवाल

spot_img

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिले अर्थतन्त्रमा आएको सुस्तता चिर्न केही मद्दत पुग्ने बताएका छन् । उनले मौद्रिक नीतिका बारेमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

संस्थापक अध्यक्ष कटुवालले विगतका तुलनामा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएकाले अर्थतन्त्रमा देखिएको संकट समाधान हुने संकेत देखिएको बताए । उनले मौद्रिक नीतिले आर्थिक संकटबाट मुलुकलाई माथि उठाउन सहयोग पुग्ने र औद्योगिक क्षेत्रमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । मौद्रिक नीतिले चालु पुँजी कर्जा मार्गदर्शनमा परिमार्जन गर्ने कुराले उद्योगी व्यवसायीलाई केही राहत पुगेको उनको तर्क छ ।

उनले भने, ‘मौद्रिक नीति मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने किसिमले आएको छ, तर कार्यान्वयन गरी व्यवसायीहरुलाई सहजीकरण गर्न सक्दा मात्रै राम्रो हुन्छ । मौद्रिक नीति वित्तीय पहुँच, जो औपचारिक अर्थतन्त्रमा जोडिएका छन् उनीहरुका लागि सहज पहुँच दिलाउन केन्द्रित हुने गरि कार्यान्वयन हुनुपर्छ ।’

उनले मौद्रिक नीति सकारात्मक भए साना तथा मझौला व्यवसायीहरुका मागलाई सम्बोधन गर्न भने नसकेको बताए । उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरुका मागलाई सम्बोधन गर्न सके मात्रै अर्थतन्त्र चलायमान हुन सक्ने अवस्थामा पहुँचवालाहरुलाई मात्रै केन्द्रित भएर मौद्रिक नीति आएको आरोप लगाए ।

कटुवालले बन्द उद्योगले तिर्नु पर्ने साँवा र व्याजलाई सहजीकरण गर्ने व्यवस्थाबाट राहत पुग्ने समेत बताए । साना व्यवसायीहरुले लिएको १ करोडसम्मको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था साना व्यवसायीका लागि केही हदसम्म सकारात्मक भएको बताए ।

उनले २ करोड रुपैयाँसम्मका कृषि उत्पादन, सूचना प्रविधि र पर्यटन क्षेत्रले सस्तोमा ब्याज पाउने व्यवस्था सकारात्मक भएको बताए । उनले चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता राख्ने लगायतका व्यवस्था परिमार्जन हुनु व्यवसायीलाई सहज हुने बताए । मौद्रिक नीति समग्रमा सकारात्मक रहेको भएपनि कार्यान्वयनका क्रममा थप सहजता हुनु पर्नेमा उनको जोड छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img