spot_img

मौद्रिक नीति सकारात्मक तर, घरेलु तथा साना उद्योगीलाई समेटिएनः संस्थापक अध्यक्ष कटुवाल

spot_img

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिले अर्थतन्त्रमा आएको सुस्तता चिर्न केही मद्दत पुग्ने बताएका छन् । उनले मौद्रिक नीतिका बारेमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

संस्थापक अध्यक्ष कटुवालले विगतका तुलनामा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएकाले अर्थतन्त्रमा देखिएको संकट समाधान हुने संकेत देखिएको बताए । उनले मौद्रिक नीतिले आर्थिक संकटबाट मुलुकलाई माथि उठाउन सहयोग पुग्ने र औद्योगिक क्षेत्रमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । मौद्रिक नीतिले चालु पुँजी कर्जा मार्गदर्शनमा परिमार्जन गर्ने कुराले उद्योगी व्यवसायीलाई केही राहत पुगेको उनको तर्क छ ।

उनले भने, ‘मौद्रिक नीति मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने किसिमले आएको छ, तर कार्यान्वयन गरी व्यवसायीहरुलाई सहजीकरण गर्न सक्दा मात्रै राम्रो हुन्छ । मौद्रिक नीति वित्तीय पहुँच, जो औपचारिक अर्थतन्त्रमा जोडिएका छन् उनीहरुका लागि सहज पहुँच दिलाउन केन्द्रित हुने गरि कार्यान्वयन हुनुपर्छ ।’

उनले मौद्रिक नीति सकारात्मक भए साना तथा मझौला व्यवसायीहरुका मागलाई सम्बोधन गर्न भने नसकेको बताए । उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरुका मागलाई सम्बोधन गर्न सके मात्रै अर्थतन्त्र चलायमान हुन सक्ने अवस्थामा पहुँचवालाहरुलाई मात्रै केन्द्रित भएर मौद्रिक नीति आएको आरोप लगाए ।

कटुवालले बन्द उद्योगले तिर्नु पर्ने साँवा र व्याजलाई सहजीकरण गर्ने व्यवस्थाबाट राहत पुग्ने समेत बताए । साना व्यवसायीहरुले लिएको १ करोडसम्मको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था साना व्यवसायीका लागि केही हदसम्म सकारात्मक भएको बताए ।

उनले २ करोड रुपैयाँसम्मका कृषि उत्पादन, सूचना प्रविधि र पर्यटन क्षेत्रले सस्तोमा ब्याज पाउने व्यवस्था सकारात्मक भएको बताए । उनले चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता राख्ने लगायतका व्यवस्था परिमार्जन हुनु व्यवसायीलाई सहज हुने बताए । मौद्रिक नीति समग्रमा सकारात्मक रहेको भएपनि कार्यान्वयनका क्रममा थप सहजता हुनु पर्नेमा उनको जोड छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...