spot_img

नाडाका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिमा अटोमोबाइल्स व्यवसायीका एउटै माग समेटिएन’

spot_img

नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरीले राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको मौद्रिक नीतिले अटोमोबाइल्स व्यवसायीका एउटा पनि माग सम्बोधन नगरेको बताएका छन् । मौद्रिक नीतिबारे बिजनेश पानासँग कुराकानी गर्दै अध्यक्ष चौधरीले गत शुक्रबार नै आउँछ भनेको मौद्रिक नीति एक हप्ता ढिलो गरि आउँदा पनि कुनै माग सम्बोधन हुन नसकेको बताएका हुन् ।

‘एक हप्ता डिले (ढिलाई) हुँदा केही न केही आउँछ कि भन्ने आशा थियो, तर हप्तादिन ढिलाई गरेर ल्याइँदा पनि अटोमोबाइल्स व्यवसायका लागि कुनै पनि सकारात्मक कुरा आएनन्’ अध्यक्ष चौधरीले भने, ‘एउटा पनि माग सम्बोधन गरिएन, हाम्रो लागि त सकारात्मक भन्दा पनि नकारात्मक जस्तो देखियो ।’

उनका अनुसार अटोमोबाइल्स व्यवसायीहरु केन्द्रीय बैंकले ‘अटो लोन’को जोखिमभार १२५ प्रतिशतबाट घटाउँछ भन्नेमा आशावादी थिए । तर, राष्ट्र बैंकले यो पनि सम्बोधन नगरेको अध्यक्ष चौधरीको गुनासो छ ।

यसैगरि, कालोसूचीबारे केन्द्रीय बैंकले गरेको व्यवस्थाबारे पनि अझै प्रष्ट हुन आवश्यक रहेको उनको भनाइ छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...