Saturday, June 6, 2026
spot_img

नेपाली बजारमा सुनः कहाँबाट आउँछ, किन्दा के के कुरामा ध्यान दिने ?

spot_img
spot_img

यसपाली नेपाली बजारमा सुनको भाउले रेकर्ड कायम गरिरहेको छ । सबैभन्दा बढी सुन खपत हुने समय अर्थात् तिहारकै बेला सुनको भाउले ऐतिहासिक मूल्यको रेकर्ड बनायो । लक्ष्मी पूजाको दिन सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुग्यो । तिहार पछि बजार खुलेको पहिलो दिन मंगलबार भने सुन प्रतितोला १ लाख ६८ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसपालीको तिहारमा सुनको खपत र मूल्य दूबै बढ्यो । नेपालीहरूको प्रमुख चाड मध्येको एक पर्व तिहारको त्रयोदशीका दिनलाई ‘धन्वन्तरी जयन्ती’ अर्थात् ‘धनतेरस’ का रूपमा मनाउने प्रचलन बढेसँगै उक्त दिन सुन किन्ने प्रचलन पनि बढ्दो छ । ‘धनतेरस’का दिन मात्रै करिब ४० किलो सुन बिक्री भएको अनुमान गरिएको छ । यद्यपी, कोभिड अगाडीको तुलनामा यसपालीको खपत कम नै हो ।

नेपाल राष्ट्र बैंकले पनि धनतेरसका दिन सुनचाँदीका सिक्का (असर्फी) बिक्री गर्ने गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीका अनुसार धनतेरसको दिनमा मात्रै ४० किलो हाराहारी सुन बिक्री भएको छ । धनतेरसको दिन ५० देखि ६० करोड बराबरको सुन बिक्री भएको व्यवसायीहरूको अनुमान छ ।

कहाँबाट आउँछ नेपालमा सुन ?

नेपालमा सुनको उत्पादन हुँदैन । सुन विदेशबाट आयात हुँदै आएको छ । नेपालका वाणिज्य बैंकहरुले ०.५ प्रतिशत कमिशनमा दैनिक २० किलोसम्म सुन आयात गर्छन् । नेपाल राष्ट्र बैंकले हाल वाणिज्य बैंकहरुलाई दैनिक २० किलोसम्म सुन आयातको कोटा निर्धारण गरेको छ । सरकारले सुनमा २० प्रतिशत भन्सार लगाएको छ ।

हाल नेपालमा सबैभन्दा धेरै सुन संयुक्त अरब ईमिरेट्स (यूएई)बाट आयात हुने गरेको छ । नेपालको उत्तरी छिमेकी देश चीन विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश भए पनि नेपालमा भने यूएईबाट धेरै मात्रामा सुन आउने राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

‘विश्व सुन परिषद’का अनुसार सन् २०२३ मा विश्वभर उत्पादन भएको सुनमध्ये १० प्रतिशत हिस्सा चीनमा उत्पादन भएको थियो । तर, नेपालमा भने छिमेकी देश चीनबाट नभई सबैभन्दा धेरै सुन दुबईबाट आउँछ । स्वीट्जरल्यान्डबाट पनि केही मात्रामा सुन आयात हुने गरेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइली पनि नेपालमा आयात हुने सुनको ९० प्रतिशत हिस्सा यूएईबाटै आउने बताउँछन् ।

‘नेपालमा सबैभन्दा धेरै सुन दुबइबाट आउँछ, बैंकहरुले दुबईमा अर्डर राख्दा नपाएपछि मात्रै स्वीट्जरल्यान्ड, हङकङ, सिङ्गापुरबाट ल्याउने हुन्’ अध्यक्ष रसाईलीले भने, ‘नेपालमा आउने सुनमध्ये ९० प्रतिशत हिस्सा दुबईबाटै आउँछ ।’

दुबईले अफ्रिकी देशहरूका खानीबाट निकालिएको सुन ल्याएर आफैँ प्रशोधन गर्छ ।

यस्तै, सरकारले विदेशबाट फर्कने नेपालीहरूलाई २५ देखि ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार छुट दिने गरेको छ । यसरी पनि सुन आयात हुने गरेको छ ।

गुणस्तर कसरी थाहा पाउने ?

केन्द्रीय बैंक र सुनचाँदी व्यवसायीहरु नेपालमा आयात हुने सुनको गुणस्तर उच्च रहेको दाबी गर्छन् । छापावाल सुनमा अन्तर्राष्ट्रिय गुणस्तरको छाप हुने र त्यसमा सुनको मात्रा ९९.९९ प्रतिशत रहेको भनेर उल्लेख गरिएको हुन्छ ।

सुनको गुणस्तर अन्तर्राष्ट्रिय रूपमा नै निर्धारण गरिएको हुने र गुणस्तर निर्धारण भएकै सुन नेपालमा आयात हुने व्यवसायी र केन्द्रीय बैंकको दाबी छ । तर, कहिलेकहीँ अनौपचारिक बाटो भएर गहनाको रूपमा आयात हुने सुन भने कम गुणस्तरको हुन सक्ने व्यवसायीहरु बताउँछन् ।

तर, सुन र सुनका गरगहना खरिद गर्दा उपभोक्ताहरूले गुणस्तरमा ध्यान भने दिनुपर्छ । आफूले कति क्यारेटको सुन किन्दैछु भनेर ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ । सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ र हस्तकला महासंघको प्रमाणपत्र भएका पसलहरूबाट मात्रै सुन खरिद गर्दा ठगिने जोखिम कम हुने महासंघका अध्यक्ष रसाईली बताउँछन् । उनका अनुसार यी संगठनका सदस्य भएका पसलहरुमा दैनिक दरभाउ र ज्याला दर पनि राखिने हुनाले ति पसलबाट सुन खरिद गर्नु बुद्धिमानी हुन्छ ।

साथै, पसलमा राखिएका ढक तराजुमा पनि नापतौल तथा गुणस्तर विभागको स्टिकर लगाए/नलगाएको र व्यवसायको पान नम्बर वा कर प्रमाणपत्र भए/नभएको हेरेर मात्रै कारोबार गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ ।

हाल नेपालमा ‘अफ सिजन’मा दैनिक १० देखि १२ किलो र अधिक खपत हुने सिजनमा दैनिक ३० किलोसम्म सुनको माग हुने गरेको व्यवसायीहको भनाइ छ । सामान्यतया, भदौ असोजदेखि फागुन महिनासम्म सुनको माग बढी हुने गर्दछ । तीज, दशैँ, तिहार र छठ जस्ता चाडपर्वसहित बिहेका लगन पनि यहीँ सिजमा बढी हुने भएकाले यो बेला सुनको माग बढी हुने व्यवसायीहरु बताउँछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...

ईभी नियन्त्रण पश्चात छानबिन समिति गठन

सशस्त्र प्रहरीले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका...
spot_img