आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार १४० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ ५० पैसा तोकिएको छ ।












