आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७३ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९ सय ४ रुपैयाँ तोकिएको छ ।











