आज बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६९ हजार ८ सय ९० रुपैयाँ छ ।
आज चाँदीको भाउ भने तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।












