आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ३८ रुपैयाँ तोकिएको छ ।












