आज मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार ९ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउमा भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय ९३ रुपैयाँ तोकिएको छ ।












