Tuesday, August 18, 2026
spot_img

सुनको भाउ हाल सम्मकै उच्च, तोलाको कति पुग्यो ?

spot_img

आज शुक्रबार सुनको भाउले रेकर्ड तोडेको छ । हिजो बिहिबार तोलाको १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ७७० रुपैयाँ छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार रुपैयाँ पुगेको छ । १० ग्राम तेजावी सुनको मूल्य १ लाख २५ हजार १७० रुपैयाँ तय भएको नेपाल रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि असार २३ गते प्रतितोला १ लाख ४५ हजार ४ सय पुगेर सुनको भाउले नयाँ उचाई बनाएको थियो । आज त्यो रेकर्ड तोडिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६२९ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img