Tuesday, July 15, 2025

कर प्रणालीको विरोधमा सुनचाँदीका दुवै महासंघद्वारा संयुक्त रुपमा आन्दोलन घोषणा

spot_img
spot_img

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आन्दोलनको घोषणा गरेका छन् । नेपाल सरकारद्वारा हाल लागू गरिएको अव्यवहारिक कर प्रणालीको विरोधमा दुवै महासंघको संयुक्त बैठकले आन्दोलनको घोषणा गरेका हुन् ।

दुवै महासंघले महासंघमा आवद्द भएका सम्पूर्ण सदस्य संघ, जिल्ला तथा नगर, वस्तुगत, एसोसियट सदस्यहरुलाई यसबारे जानकारी गराएको छ । महासंघले पसल एवं व्यवसाय पूर्ण रुपमा बन्द गरी निर्धारित कार्यक्रम अनुसार विरोधमा सहभागी गर्न/गराउन आवश्यक निर्देशन जारी गर्न पनि पत्राचार गरेको छ।

महासंघले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निर्देशिका मस्यौदा बुझाउने, माईतीघरमा प्ले कार्ड सहित १ घण्टा विरोध प्रदर्शन गर्ने, आन्दोलनको सम्बन्धमा थप रणनीति तय गर्न विज्ञ सहितको टिमसंग छलफल गर्ने, उपत्यकाका आवद्ध सदस्य संघ, जिल्ला / नगरका यस अघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, विषयगत विज्ञ सहितको गोष्ठी आयोजना गर्ने,  काठमाडौं केन्द्रित राष्ट्रिय रुपमा खवरदारी सभा आयोजना गर्ने लगायतका कार्यक्रम छन् ।

त्यस्तै  काठमाडौं उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक रुपमा विरोध प्रदर्शन गर्ने, जिल्ला स्थित कर कार्यालय वरपर सांकेतिक रुपमा विरोध प्रदर्शन गर्ने, उपभोक्ता सचेतना अभियान संचालन गर्ने, मोटरसाइकल र्याली आयोजना गर्ने लगायत कार्यक्रम हुने छन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रम 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img