हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले जितको खाता खोलेको छ । खोटाङमा उक्त पार्टीका आर्यन राई विजयी भएका छन् ।
राईले १६ हजार ६१२ मत ल्याएर जित हात पारेका हुन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका देव विक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।
श्रम संस्कृति पार्टीले अन्य दुई ठाउँमा अग्रता लिइरहेको छ ।









