Monday, September 7, 2026
spot_img

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता 

spot_img

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गरेकी चिन । बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा भएको प्रगति समीक्षा विषयमा छलफल भएको थियो । नेपालले आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा दिगो विकास लक्ष्य सम्बन्धमा तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा (भीएनआर) प्रतिवेदन प्रस्तुत गर्नेछ । यसअघि नेपालले सन् २०१७ मा पहिलो पटक र सन् २०२० मा दोस्रो पटक भिएनआर प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी तेस्रो प्रतिवेदनले दिगो विकास लक्ष्य कार्यान्वयनको मध्यअवधीसम्मको प्रगति समीक्षा गर्नुका साथै बाँकी अवधीका लागि प्राथमिकताका क्षेत्र पहिचान एवम् अवलम्बन गरिने रुपान्तरणकारी रणनीति र कार्यक्रमहरू तय गर्नेछ ।

छलफलको क्रममा संयुक्त राष्ट्र सङ्घले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यबाद दिदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गरे   ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...